६ मंसिर २०८३, आइतबार

‘प्रचण्ड’का सांसदद्वारा अध्यादेश अस्वीकृत गर्न प्रस्ताव दर्ता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले संवैधानिक परिषदसम्वन्धी अध्यादेश अस्वीकृत हुनुपर्ने जिकीरसहित राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन् ।

आइतबार बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश स्वीकार गर्न नमिल्ने भएकाले राष्ट्रिय सभाले अस्वीकार गर्नुपर्ने दाबी गरेका छन ।

प्रस्तावमा विडारीले अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको र संसदको अधिवेशन छ महिनामा बोलाउनु पर्नेमा त्यसो नगरी अध्यादेश जारी गरी संसद छल्ने काम भएको उल्लेख गरेका छन् ।