
काठमाडौं, २० पुस । नेपालमा कोभिड–१९ को संक्रमण हाल केही कम देखिए पनि महामारीको जोखिम अझ कम भइनसकेको अवस्था छ ।
कोभिडसम्बन्धी जनचेतनामा विशेष जोड दिने र भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनुपर्ने आवश्यकता महसुश गर्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एशियाली विपद पुर्वतयारी केन्द्र तथा एनडीआरसीको संयुक्त साझेदारीमा स्वास्थ्य आपतकालीन (महामारी) पूर्वतयारी तथा प्रतिक्रियाका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।
स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धिका लागि उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।
स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण र नेपाल जस्तो अतिकम विकसित र जनस्वास्थ्य क्षेत्रमा सीमित पूर्वाधार भएको मुलुकमा सो अवस्थाको पूर्व तयारीका निम्ति जनस्वास्थ्य एवं मानवीय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अविबृद्धी गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
बिराटनगरको होटेल रत्नमा सोमबार आयोजित उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकाल संचालन केन्द« (एचइओसी) का प्रमुख डा. समिर अधिकारीले विपद पूर्वतयारी एवं व्यवस्थापन माथि प्रकास पारे ।
त्यसैगरी नबिल बैंकका व्यवसायिक सामाजिक उत्तरदायित्व प्रमुख कृष्ण सुबेदी तथा प्रदेश–१ प्रमुख सुबोध लोहनीले नबिल बैंक समाज प्रति सदैव उत्तरदायी र विगत केही समयको निरन्तर अभ्यास पश्चात कार्यक्रम संचालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गरे ।
एसियाली विपद् पूर्वतयारी केन्द«का देशीय प्रतिनिधि मानबहादुर थापाले कुनै किसिमको विपदको सामना गर्नुपूर्व सबैले विपदको पुर्वतयारीमा सबैको ध्यान केन्दि«त रहनुपर्ने कुरामा जोड दिए ।
त्यस्तै चौधरी फाउन्डेसनकी प्रमुख संचालन अधिकृत मेरिना रञ्जितले विपदको बेला चौधरी फाउन्डेसनले गरेको कार्यहरुको स्मरण गर्दै आपतकालका बेला व्यवस्थित रुपमा कार्य गर्न यस किसिमको कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गरिन् ।
प्रदेश न. १ को राजधानी बिराटनगरमा सोमबारबाट शुरू उक्त प्रशिक्षण कार्यक्रम प्रदेश न. २ को बीरगञ्ज, बागमती प्रदेशको भरतपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर तथा नेपालगञ्ज र सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा पनि सञ्चालन गरिने बताइएको छ ।
नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटीएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसँग सँगै अघि बढ्ने विश्वास राखेको छ ।















प्रतिक्रिया