शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

कतार एयरवेजले सियटलको उडान जनवरी २९ देखि शुरू गर्ने

दैनिक नेपाल २०७७ पुष २० गते २१:३०

काठमाडौं, २० पुस । कतार एयरवेजले आफ्नो सियटलको ४ साप्ताहिक उडान जनवरी २९ देखि शुरूवात गर्ने भएको छ ।

एयरलाइन्सले साप्ताहिक ४ पटकको उक्त सेवा आफ्नो अत्याधुनिक बोइङ ७७७ ले सञ्चालन गर्ने छ । जसको बिजनेस क्लासमा ४२ सिट र इकोनोमी क्लासमा ३१२ सिट हुन्छ ।

कतार एयरवेजका ११ वटै अमेरिकी मार्गहरूमा क्युसुइट सञ्चालन हुने हुँदा, सियाटललगायत संयुक्त राज्य अमेरिकामा यात्रा गर्ने यात्रुहरूले संसारको सर्वश्रेष्ठ बिजनेस क्लास सिटको मजा लिन सक्ने छन् ।

क्युसुइट सिटको लेआउट १–२–१ कन्फिगरेसन रहेको छ जसले यात्रुहरूलाई सामाजिक दूरीसहित आरामदायक बिजनेस क्लास अनुभव प्रदान गर्दछ । साथै, सम्पूर्ण सिएटल उडानहरूमा उपलब्ध सुपर वाइफाइ कनेक्टिभिटीको सेवाले यात्रुहरू परिवार, साथीभाइ तथा सहकर्मीको सम्पर्कमा रहन सक्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित