शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

४० दिनमा सकियो पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’

दैनिक नेपाल २०७७ पुष २० गते २१:१८

काठमाडौ । प्रेमकथानक चलचित्र ‘कृष्ण–लीला’ को सम्पूर्ण छायांकन सम्पन्न भएकोे छ ।

मंसिर दोस्रो सातामा झापाबाट शुरू गरिएको चलचित्रको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो । करिब ४० दिन निरन्तर खिचिएको चलचित्रको निर्देशक दीपक ओली हुन् ।

‘कृष्ण–लीला’मा अभिनेता पुष्प खड्का ‘कृष्ण’ र अभिनेत्री श्रद्धा क्षेत्री ‘लीला’को भूमिकामा छन् । रोहित कट्टेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता तथा प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रको गीतमा अर्जुन पोखरेलको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा पुष्प र श्रद्धाका साथमा वुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायत कलाकारले अभिनय गरेका छन् । आरआर चलचित्रको ब्यानरमा निर्मित चलचित्रको छायांकार शिव ढकाल हुन् ।

झापा, इलाम र पाँचथरका विभिन्न रमणीय स्थानमा खिचिएको चलचित्रको प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी प्रस्तुतकर्ता रोहितले दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित