३ कार्तिक २०८३, मंगलबार

टुकोनको महाधिवेशन चैत्र ६ र ७ गते काठमाडौंमा हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को केन्द्रीय महाधिवेशन चैत्र ६ र ७ गते काठमाडौंमा हुने भएको छ ।

महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले चैत्रको पहिलो हप्ता केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन तयारीका लागि ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का कोषाध्यक्ष सस्मिता सुवेदीको संयोजकत्वमा आर्थिक समिति, शिक्षक परिषदका अध्यक्ष यादव राज पाण्डेको संयोजकत्वमा निर्वाचन समिति, टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीको संयोजकत्वमा विधान संशोधन समिति, उपाध्यक्ष उत्तमराज उपाध्यायको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समितिको गठन गरेर ट्रेड युनियन महासंघ नेपाल (टुकोन) महाधिवेशनमा होमिएको हो ।

युवा तथा स्वरोजगारहरुको संगठनलाई ध्यानमा राख्दै ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले युवाहरुको संगठन समेत निर्माण गरेको छ । केन्द्रीय समितिको बैठकले अर्जुन आचार्यको संयोजकत्वमा टुकोन युथ काउन्सिल (टीवाईसी) गठन गर्दै युवाहरुलाई समेट्न खोजेको महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीले बताए ।

आगामी महाधिवेशनलाई मध्यनजर गर्दै टुकोनले पुस २४ गते ५ नं. प्रदेशको प्रदेश स्तरीय भेला बाँकेको नेपालगञ्जमा गर्ने भएको छ भने अन्य प्रदेशहरुमा चाँडै भेलाको आयोजना गरिने बताइएको छ ।