३ कार्तिक २०८३, मंगलबार

प्रचण्ड–नेपाल पक्षले पोखरेल र गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रदेश इन्चार्जबाट शंकर पोखरेल र पुथ्वी सुब्बा गुरुङलाई जिम्मेवारीबाट हटाएको छ ।

पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई र गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङलाई हटाएको हो । त्यस्तै प्रचण्ड-नेपाल पक्षले गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएका छन् ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली पक्षले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँलाई जिम्मेवारी दिइसकेको छ ।

त्यस्तै प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्धको संघर्ष गर्न गठन गरिएको केन्द्रीय संघर्ष समितीको सह संयोजक योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।