
दैलेख, २० पुस । पूर्वसहायक जलस्रोत मन्त्री विनोद कुमार शाह सवार जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा पुर्वसहायक जलश्रोत मन्त्री विनोदकुमार शाह, जिल्ला समन्वय समिति दैलेखकी उपप्रमुख लक्ष्मी शाह, पुर्व जिविस उपसभापति सुर्यबहादुर शाही, पदम माझी र सवारी चालक घाइते भएका हुन् ।
नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा २१ च २७४६ नम्बरको जीप गाडी रत्न राजमार्गको मौरे खोलामा दुर्घटना भएको हो । रत्न राजमार्गको चिसापानी–बबई खण्डको बाँसगढी नगरपालिका–१ मौरे खोलामा जीप खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले बताएको छ ।















प्रतिक्रिया