३ कार्तिक २०८३, मंगलबार

प्रचण्ड मुम्बई गएपछि माधव नेपालको अध्यक्षतामा बस्यो ‘स्थायी कमिटी’

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । प्रचण्ड–माधव समूहको ‘स्थायी कमिटी’ बैठक माधवकुमार नेपालको अध्यक्षतामा शुरू भएको छ ।

समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक बसेको हो ।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएका छन् ।

बैठकमा आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने तथा एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने लगायतका एजेण्डा रहेको बताइएको छ ।