शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बैंक अफ काठमाण्डूका ग्राहकलाई साक्को रिसोर्टमा १० प्रतिशत छूट

दैनिक नेपाल २०७७ पुष २० गते १३:४१

काठमाडौं, २० पुस । बैंक अफ काठमाण्डू लिमिटेड र साक्को रिसोर्टबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छूट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापश्चात् बैंकका ग्राहकले साक्को रिसोर्टका सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत छूट पाउने छन् । साक्को रिसोर्टले काठमाडौंको साँखुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

छूटसम्बन्धी सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक बैकुण्ठ कुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्तलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ वटा शाखा कार्यालयहरु, ७८ वटा एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित