३ कार्तिक २०८३, मंगलबार

स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित नागढुंगाबाट दुई जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । चन्द्रागिरि नगरपलिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत गोरखपुरका ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका–४ का २२ वर्षीय संगम थारु छन् ।

कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई ल्याएको उक्त रुपैयाँ फेला पारी चालक थारु र कारमा सवार अमित कुमारलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।