३ कार्तिक २०८३, मंगलबार

धोक्रे, भुजुंगे ठूलाघर टोलसुधार समितिको भवन निर्माणका लागि जग्गा दान

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २० पुस । ललितपुरको लामाटार क्षेत्रका स्थानीयबासीहरूले टोल सुधार समिति गठन गरेर विकास निर्माण र जनचेतनामुलक कार्यक्रममा जुट्ने प्रतिवद्धता जनाएका छन् ।

उनीहरूले विभिन्न सरसफाइका गतिविधि समेत अगाडि बढाएका छन् । महालक्ष्मी नगरपालिका–९ को धोक्रे, भुजुंगे ठूलाघर टोलसुधार समितिले गरेको प्रारम्भिक साधारणसभामा बक्ताहरूले व्यवस्थित शहर र टोल बनाउनका लागि प्रदुषण फैलाउने र वातावरणमा हानी गर्ने उद्योग, कल कारखानालाई बस्ती नजिक राख्न नदिने प्रतिवद्धता जनाएका हुन् ।

सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले लामाटार क्षेत्रको वातावरण संरक्षण र सरसफाईको लागि टोल सुधार समितिको क्रियाशीलता आवश्यक रहेको बताए । स्थानीय धार्मिक तथा संस्कृतिक महत्व बोकेका स्थलहरूको संरक्षण र प्रचारप्रसारमा जुट्ने प्रतिबद्धता उनले जनाएका छन् ।

वडा कार्यालयले आफ्नो टोलको विकासमा ध्यान पुर्याउन नसकेकाले आफूहरू जागरुक भएको समितिका अध्यक्ष निरञ्जन पौडेलले बताए । स्थानीय समाजसेवी देवेन्द्र पौडेलले समितिको भवन निर्माण गर्नको लागि स्थानीय सुभद्रा पौडेलले जग्गा दिएकाले तत्काल भवन निर्माणमा जुट्ने समेत उनको भनाइ छ ।

नेकपाका नेता मोहन तन्डुकारले वडामा भएका सबै टोल सुधार समितिहरूबीच सहकार्यको आवश्यकता रहेको बताए । विद्यापुञ्ज स्कुलका संस्थापक अध्यक्ष शिव न्यौपानेले कोभिड–१९ विरुद्ध जनचेतना जगाउने काम गरेको बताए ।

आगामी दिनमा आउनसक्ने विपतहरूकाबिरुद्ध तयारी अवस्थामा बस्ने पनि समितिले कार्ययोजना सार्वजनिक गरेको छ ।