
काठमाडौं, २० पुस । पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात शुरू भएको छ ।
यसैबीच मौसम बदली भएसँगै सोमबार पहाडी जिल्ला हुम्ला र जुम्लामा पनि भारी हिमपात भएको छ ।
आइतबार बेलुकीदेखि हुम्लामा हिमपात भएपछि त्यहाँको जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् । हिमपातका कारण हवाई सेवा समेत प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमीकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।
बिमानस्थल अवरुद्ध भएपछि सिमीकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रुहरु हुम्लामै रोकिएका छन् ।
यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ परेपछि चिसो बढ्दा त्यहाँको जनजीवन पनि प्रभावित भएको छ । जुम्ला सदरमुकाममा सोमबार बिहानदेखि हिउँ परेको हो ।















प्रतिक्रिया