शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अभिनेत्री मल्लिकाको अर्धनग्न तस्वीर सार्वजनिक

दैनिक नेपाल २०७७ पुष २० गते १०:५०

मुम्बई । बलिउड अभिनेत्री मल्लिका सेरावत बेलाबेला विवाद र चर्चामा आउने गरेकी छिन् । चालीसको दशक पार गरेकी अभिनेत्री मल्लिकाले मंगलबार आफ्नो बोल्ड तस्वीर सार्वजनिक गरेर शुभेच्छुकहरूलाई सरप्राइज दिएकी छिन् ।

नवरिवलको रुखमा बाँधिएको नेटको जालीमा सुतेकी मल्लिकाले धार्का भएको ब्रा लगाएकी छिन् । आँखामा चस्मा लगाएकी उनले रातो रंगको कट्टु लगाएकी छिन् ।

ट्वीटमार्फत सार्वजनिक भएको तस्वीरले बलिउडमा तरंग ल्याइदिएको छ । मल्लिका आफैमा पनि सुन्दर अभिनेत्री हुन् । धेरै हिट फिल्म दिन नसके पनि उनीद्वारा अभिनित फिल्महरूले राम्रो कमाइ गरेका छन् ।

मल्लिकाले खेलेका फिल्महरूले दर्शक स्रोताले रुचाइदिने गरेका छन् । फिल्महरू नचले पनि अभिनेत्री मल्लिकाका तस्वीरहरू भने सामाजिक सञ्जालमा चल्ने गरेका छन् ।

अभिनेत्री मल्लिकाको अर्धनग्न यो तस्वीरका विषयमा मिश्रित प्रतिक्रियाहरू आएका छन् । मल्लिकालाई मन पराउनेहरूले अर्धनग्न तस्वीरलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् । उनले देखाउनै नहुने अंगहरू लुकाएकै छिन् । तस्वीर आपत्तिजनक अवस्थामा छैन ।

प्रतिक्रिया
सम्बन्धित