६ मंसिर २०८३, आइतबार

काठमाडौंमा हल्का वर्षा, तीन दिन देशभरि आंशिक बदली रहने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो वर्षाको सम्भावना नरहे पनि बुधबारसम्म घाम लाग्ने सम्भावना भने कम रहेको छ ।

काठमाडौंमा सोमबार बिहान हल्का वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात पनि भएको छ ।