३ कार्तिक २०८३, मंगलबार

सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्न पत्रकारलाई मन्त्री गुरुङको आग्रह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार माध्यामहरुले सदैव समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले मुलुकमा धेरै सम्भावना छ भन्ने आशा जगाउने खालका दृष्टिकोणमा केन्द्रित भएर समाचार प्रवाह गर्न सञ्चार माध्यमहरुलाई आग्रह समेत गरे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पदाधिकारीसँग आइतबार सिंहदरबारमा भएको सामूहिक भेटमा उनले बदलिँदो राजनीतिक परिवेशप्रति सङ्केत गर्दै समाजलाई निराश, द्वन्द्व र अराजकतातर्फ जान नदिन सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताउनु भयो ।

मन्त्री गुरुङले भने, ‘मुलुकमा धेरै सम्भावनाहरु छन्, ती सम्भावनाहरुप्रति आशावादी हुँदै समाजप्रति निराशा होइन द्धन्द्ध होइन् अराजकता होइन् नयाँ आशा जगाउने काममा सञ्चार माध्यमहरुले प्रेरित गर्नु पर्दछ ।’ समाजलाई सही बाटोमा अघि बढाउने खालका दृष्टिकोणको पक्षमा उभिएर मात्रै व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्न सकिने मन्त्री गुरुङको भनाइ छ ।

मन्त्री गुरुङले कुनै पनि संघ, संस्थामाथि विभेद हुुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । भेटमा फोनिजले मन्त्रालयले दिँदै आएको अनुुदान सहायता कटौती नगर्न, सरकारी सञ्चार माध्यमको समाचार कक्ष तथा प्रशासनिक संरचनालाई पूर्ण समावेशी बनाउनुपर्ने लगायतका ११बुँदे माग गर्दै मन्त्री गुरुङलाई ज्ञापनपत्र बुुझाएको थियो ।

सो ज्ञापनपत्र बुुझ्दै उनले राज्य सबैको साझा भएको उल्लेख गर्दै कुनै पनि खालको विभेद हुन नदिने बताएका हुन् । कार्यक्रममा फोनिजका अध्यक्ष दण्ड गुरुङ, इन्डिजिनीयस कम्युनिटी नेटवर्कका अध्यक्ष जगत दोङ, मन्त्री गुरुङका सञ्चारविज्ञ राजेन्द मानन्धरलगायतको उपस्थिति थियो ।