सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एनआईसी एशिया बैंकको विस्तारित काउन्टर सूर्यविनायक नगरपालिकामा

दैनिक नेपाल २०७७ पुष १९ गते २०:२५

काठमाडौं, १९ पुस । एनआईसी एशिया बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिकामा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त नगरपालिकाको कार्यालय परिसरमा आइतबारदेखि सो शाखा सञ्चालनमा ल्याएको बताएको छ । यो सँगै बैंकको विस्तारित शाखा संख्या ९३ वटा पुगेको छ ।

विस्तारित काउन्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले संयुक्त रुपमा गरे ।

सूर्यविनायक नगरपालिकाको सम्पूृर्ण बैंकिङ कारोबारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोमा बैंकले खुशी व्यक्त गरेको छ । देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायक नगरपालिकाको बैंकिङ पार्टनर हुन पाउनुलाई बैंकले निकै ठूलो गर्व र गौरवको विषयको रुपमा लिएको बैंकका सीईओ रोशन कुमार न्यौपानेले बताए ।

एनआईसी एशिया बैंकको मुलुकभर ३३३ वटा शाखा कार्यालय, ४७१ वटा एटीएम, ९३ वटा एक्स्टेन्सन काउन्टर र ७६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित