३ कार्तिक २०८३, मंगलबार

कोरोना महामारीको त्रासले बन्द गरिएका सबै क्षेत्र खुला गर्ने सीसीएमसीको निर्णय

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १९ पुस । सरकारले विश्वव्यापी कोरोना भाइरस महामारीको त्रासमा बन्द गरिएका सबै क्षेत्र खुला गरेको छ ।

आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले २०७६ चैतदेखि बन्द गरिएकका विद्यालयलगायत सबै क्षेत्र खुला गर्ने निर्णय गरेको हो ।

बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई प्रत्यायोजन गर्दै उक्त निर्णय गरेको बताइएको छ ।

कोभिडको संक्रमण कम भएको, बजारमा भीडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई दृष्टिगत गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए÷नभएको नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नयाँ प्रकारको कोरोना भाइरस देखिएका बेलायत लगायत देशहरुबाट नेपाल आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।