
इलाम, १९ पुस । इलामको माङसेबुङ्ग गाउँपालिका–२ र ८ को सीमानास्थित लारुवाबाट आइतबार एपीएफ टोलीले करिब १ लाख २० हजार रुपैयाँ बराबरको सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको इलाममाई नगरपालिका–६ का १९ वर्षीय विकाश लिम्बु र झापाको दमक नगरपालिका–३ का १८ वर्षीय सुवास शेर्पा छन् ।
प्र १०१–००१ त ८३४५ नम्बरको ट्याक्टरमा लोड गर्दै गरेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश दानावारीबाट खटिएको एपीएफ टोलीले उक्त काठसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद काठ तथा ट्याक्टरसहित आवश्यक कारबाहीका लागि सव–डिभिजन वन कार्यालय सुखानीमा बुझाइएको छ ।















प्रतिक्रिया