सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

नबिल बैंकको प्रष्टोक्ति : हामीसँग कसैले पनि चन्दा मागेका छैनन्

दैनिक नेपाल २०७७ पुष १९ गते १७:५३

काठमाडौं, १९ पुस । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले सरकारसम्बद्ध कोही पनि व्यक्तिले बैंकसँग चन्दा नमागेको बताएका छन् ।

आइतबार उनले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अनलाइन मिडियाहरुमा आएका नबिल बैंकबारे सरकारसँग जोडेर प्रकाशित भएका सबै समाचार झुटो र सत्य नभएको दाबी स्पष्ट पारेका छन् ।

समाचारमा ‘नबिल बैंकसँग सरकारसम्बद्ध व्यक्तिहरूले चन्दा मागेकोे’ तथ्य पूर्णतः असत्य भएको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न अनलाइन मिडियाहरूमा ‘नबिल बैंकसँग सरकारसम्बद्ध व्यक्तिहरूले चन्दा मागेकोे’ जस्तो भ्रामक समाचार प्रकाशित भएकोमा नबिल बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । यी समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं । नबिल बैंकसँग सरकारसम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं ।’

नबिल बैंक विगत ३६ वर्षदेखि निरन्तर नेपाली समाजमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’वर्गको वाणिज्य बैंक भएकाले नेपाल राष्ट्र बैंकबाट नियमन भइरहेको पनि बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘नबिल बैंक नियामक, शेयरधनी, ग्राहक तथा सम्बन्धित सबै निकायहरूप्रति यहाँहरूको विश्वासका लागि हार्दिक आभार व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित