सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

धम्जामा आदर्श सञ्चारको वडा भेला, बागलुङका सबै वडामा उप–समिति गठन

दैनिक नेपाल २०७७ पुष १९ गते १७:२१

बागलुङ, १९ पुस । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको ‘सदस्य भेटौ : सदस्य सुनौं’ अभियान अन्तर्गत काठेखोला गाउँपालिका–३ धम्जामा शनिबार वडा भेला सम्पन्न भएको छ ।

भेलाले शान्ति भण्डारी संयोजक र बाबुराम भण्डारी सचिव रहेको वडा स्तरीय उप–समिति गठन गरेको छ । उप–समितिका सदस्यहरूमा रामबहादुर भण्डारी, गोपाल श्रीश, यामबहादुर थापा, सुन्तली विश्वकर्मा, सन्तबहादुर आले, खुमबहादुर खड्का र गणेश खड्का छन् ।

संस्थाको रणनीतिक योजना अनुसार बागलुङ जिल्लाका सबै वडामा उप–समिति गठन गरी सदस्य विस्तार अभियान गर्ने उदेश्यले वडा स्तरीय उप–समिति गठन गरिएको संस्थाले जनाएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाको योजना, कार्यक्रम र वडा स्तरीय उप–समितिको काम कर्तव्य र अधिकार लगायतका विषयमा संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी गराएका थिए । बागलुङ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले जिल्लाका ८५ वटै वडामा वडा स्तरीय उपसमिति गठन गरी संस्थाको रणनीतिक योजना अनुसारका कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले वडा स्तरीय उप–समितिका पदाधिकारी तथा सदस्यहरूलाई वधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाको योजना पूरा गर्नका लागि सक्रियताका साथ काम गर्न सुझाव दिइन् ।

भेलामा संस्थामा आवद्ध नयाँ शेयर सदस्यहरूलाई स्वागत गरिएको थियो । वडा भेलामा २५ जना नया शेयर सदस्य थप भएको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।

धवलागिरीको पहिलो सञ्चार सहकारीका रूपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ३२५ जना शेयर सदस्य, ४ करोड ८० लाख शेयर रकम, ३३ करोड बचत, २९ करोड कर्जा लगानी र कुल सम्पती ४० करोड रहेको संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित