शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

हास्य कलाकार चम्सुरीको स्वरमा ‘काली काली दिलवाली…’ सार्वजनिक

दैनिक नेपाल २०७७ पुष १९ गते १७:१२

काठमाडौं । टेली चलचित्र ‘ मेरी बास्सै’की कलाकार ‘चम्सुरी’ अर्थात् पल्पसा डँगोलको स्वरमा ‘काली काली दिलवाली…’ गीत सार्वजनिक भएको छ ।

हास्य कलाकारितासँगै गायिकाको पहिचान थप्न लागेकी उनले आफ्नो स्वरमा नयाँ गीत ‘काली काली दिलवाली…’ बजारमा ल्याएकी हुन् । अङ्गेजी नयाँ वर्ष २०२१ को अवसर पारेर उनले आफ्नो गीत बजारमा ल्याएकी हुन् ।

दुबईको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैंले अभिनय गरेकी छिन् । उनले यो गीतमा आफूले यात्रा गर्दाको दृष्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा अगाडि सारेकी छिन् ।

यो भिडियोलाई पल्पसा आफैंले निर्देशन गरेकी हुन् । जसमा रबिन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ । भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी छिन् । भिडियोलाई पवन डँगोलले खिचेका हुन् ।

यो लगीतमा अशोक राईको सँगीत रहेको छ । गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्दरताको चर्चा गरिएको छ । उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आफैंले संयुक्त रुपमा लेखेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित