३ कार्तिक २०८३, मंगलबार

केपी ओली लोकप्रिय बन्ने डरले अविश्वासको प्रस्ताव ल्याइयो : प्रधानमन्त्री

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई असफल बनाउन अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन् ।

आज आइतबार काठमाडौंमा अनेरास्ववियूले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहले आफूलाई लोकप्रिय भएको देख्न नसकेर रातारात अविश्वासको प्रस्ताव ल्याएको बताएका हुन् ।

संविधान निर्माणमा भएको हस्तक्षेप, भारतले गरेको नाकाबन्दीलगायत परिस्थितिहरुको डटेर सामना गरेका कारण आफू लोकप्रिय बन्ने बाटोतिर अगाडि बढेको देखेपछि रोक्नका लागि आफ्नै पार्टीको सरकार असफल पार्ने खेल खेलेको दाबी गरेका छन् ।

सरकारको नेतृत्व गरेदेखि नै आफूले गरेका कामहरुको प्रचारभन्दा बढी पार्टीका नेताहरु पद र कुर्सीको लालचमा लागेको ओलीले बताएका छन् । पद र कुर्सी प्राप्तीकै लागि प्रचण्ड–माधव समूहले सरकारका हरेक काममा अड्चन सृजना गरेको ओलीको आरोप छ ।

आफूलाई असफल बनाउन र पार्टी फुटाउनकै लागि प्रचण्ड–माधव समूहले पूर्व कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा २८० वटा बैठक बसेको समेत ओलीले दाबी गरेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभा पुनस्र्थापना नहुने पनि स्पष्ट पारेका छन् । वैशाखमा घोषित मध्यावधि चुनाव नरोकिने दाबी गर्दै उनले संसद कुनै पनि हालतमा नब्युँतने स्पष्ट पारेका हुन् ।

‘संविधान र कानूनले मिल्दैन । विघटित संसद बौरिँदैन । संसद विघटन भयोभयो, नयाँ चुनाव हुन्छहुन्छ’, प्रधानमन्त्री ओलीले भने ।