सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

८८ दशमलव १२ अङ्कको वृद्धिपछि शेयर बजारमा अर्को रेकर्ड कायम

दैनिक नेपाल २०७७ पुष १९ गते १६:०६

काठमाडौं, १९ पुस । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक ८८ दशमलव १२ अङ्कले वृद्धि भइ अर्को नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

आइतबार ८८ दशमलव १२ अङ्कले बढेर नेप्सेले २ हजार १७५ दशमलव ३९ विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो । यो नेप्सेको इतिहासमा अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड हो ।

यसअघि गएको बिहीबार नेप्सेमा २ हजार ८७ विन्दुको रेकर्ड बनेको थियो ।

आइतबार कारोबार भएका सबै समूहको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर ५५० अङ्क, निर्जीवन बीमा समूहको २६८ अङ्क, उत्पादन समूहको २६४ अङ्क, व्यापारको २२१, अन्य समूहको १०३ अङ्क र बैंकिङ समूह ७० अङ्कले वृद्धि भएको छ ।

२१२ कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ३४ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स र प्राइम कमर्सियल बैंकको ५० करोडभन्दा धेरैको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित