३० आश्विन २०८३, शुक्रबार

कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, कुल संख्या ३१५ पुग्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता युकेमा १ जना र  पोर्चुगलमा २ जनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु  हुनेको कुल संख्या ३१५ पुगेको  छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार ३ ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् ।

यो साता  स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।