बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नायिका दिशा पटानीको बिकिनी फोटो भाइरल

दैनिक नेपाल २०७७ पुष १९ गते १०:४५

मुम्बई । बलिउड नायिका दिशा पाटनीको बिकिनी फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । पछिल्लो पटक उनले सार्वजनिक गरेका फोटोमा २ घण्टामै २० लाखभन्दा धेरै लाइक आएको छ । दिशा फिटनेशमा निकै ध्यान दिन्छिन् ।

सामाजिक सञ्जालमा प्रायजसो फोटो र भिडियोहरू पोस्ट गरिरहन्छिन् । पछिल्लो फोटोमा उनी समुद्रमा सर्फ बोर्डमा उभिएको देखिन्छिन् । उनले हातमा स्टिक पनि समातेकी छिन् । फोटोमा दिशाको परफेक्ट फिगर देखिएको छ ।

दिशाले प्रायस इन्स्टाग्राममा आफ्नो छुट्टी मनाउँदाका फोटोहरू पोस्ट गर्ने गर्छिन् । पछिल्लो पटक उनी यसै वर्षको सुरुवातमा रिलिज भएको ‘मलंग’मा आदित्य रोय कपूरसँगै देखिएकी थिइन् । आगामी वर्ष दिशा र सलमान खान अभिनित ‘राधे–यो मोस्ट वान्डेट भाई’ प्रदर्शनमा आउँदैछ । २७ डिसेम्बरमा सलमान खानले यो फिल्म आगामी वर्ष ईदमा रिलिज हुनसक्ने बताएका थिए । सलमानसँग यसअघि दिशाले ‘भारत’मा पनि काम गरेकी थिइन् ।

टाइगर श्राफसँगको लामो समयदेखिको अफेयरका कारण पनि दिशा चर्चामा रहन्छिन् । उनी टाइगरको परिवारसँग छुुट्टी मनाउन पनि जाने गरेकी छिन्, यद्यपि दुुबैले अहिलेसम्म आफ्नो सम्बन्धबारे स्पष्ट बोलेका छैनन् । ‘बागी २’ मा टाइगर र दिशा मुख्य भूमिकामा थिए । दिशाले ‘एमएस धोनी– द अनटोल्ड स्टोरी’मा धोनीकी प्रेमिकाको भूमिका निभाएकी थिइन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित