
काठमाडौँ, १८ पुुस । मगरात संघर्ष समितिले प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन र आन्दोलनको कार्यक्रमहरुको घोषणा गरेको छ ।
आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी मगरात संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो । आफूहरुको काँधमा ऐतिहासिक जिम्मवारी आइपरेको भन्दै संघर्षको निम्ती तयारी गर्न समितिले प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन समेत गर्न लागेको जनाएको छ ।
मगरात संघर्ष समिति नेपालका अध्यक्ष राम मगरले दुई तिहाई बहुमतको सरकारले संसद विघठन गरी मुलुकलाई नै द्वन्द्वमा भन्दै आउँदो २०७७ फागुन २२, २३ र २४ गते दाङको घोराहीमा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए ।















प्रतिक्रिया