काठमाडौं, १८ पुस । समृद्धि स्कुल बालाजुको क्लब २५, समृद्धि च्याप्टर, चःमति नेवाःखलः र किलाघः त्वामिसा पुचःको संयुक्त आयोजनामा आज शनिबार समृद्धि स्कुल बालाजुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संलग्न रेडक्रस प्रतिनिधिका अनुसार कोभिड–१९ को संक्रमणपश्चात् विद्यालयमा सम्पन्न भएको यो पहिलो रक्तदान कार्यक्रम हो । उक्त कार्यक्रममा ७३ जना विद्यार्थी, अभिभावक तथा स्थानीय दाताहरूले रक्तदान गरेका थिए ।

समृद्धि स्कुल बालाजुको क्लब २५ का विद्यार्थीहरूले व्यवस्थापन गरेको उक्त कार्यक्रममा रक्तदाताहरू तथा सहयोगी संस्थाहरूलाई समृद्धि स्कुलका सीईओ एवं प्रिन्सीपल नरेशप्रसाद श्रेष्ठ, चःमति नेवाःखलःका अध्यक्ष पूर्णकाजी ज्यापु लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।















प्रतिक्रिया