शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

तनहुँ सेवा समाज कतारद्वारा न्यानो वितरण अभियान

दैनिक नेपाल २०७७ पुष १८ गते १९:०३

दोहा । वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका तनहुँवासीहरुको संस्था तनहुँ सेवा समाज कतारले न्यानो अभियान शुरु गरेको छ ।

विगतका वर्षहरु झै यस पटक पनि गृह जिल्लामा न्यानो अभियान अन्तर्गत समाजले सबै नगरपालिका र गाउँपालिकालाई समेट्दै निम्न आय भएका बिपन्न ७० परिवारलाई ब्यांलेकेट सहयोग गर्ने तयारी गरेको छ ।

समाजका अध्यक्ष नारायण ढुङ्गानाका अनुसार समाजले विभिन्न समयमा स्वदेश तथा विदेशमा रहेका समस्यामा परेका नेपालीहरुमा सहयोग गर्दै रचनात्मक कार्यहरू समेत गर्दै आइरहेको छ ।

मानवीय कार्यमा सानो सहयोग होस् भन्ने हेतुले जिल्लावासीहरु मिलेर संस्थागत रूपमा सहयोग जुटाइसकेको उनले बताए ।

गृह जिल्लास्थित सबै स्थानीय तहसँग समन्वय गर्दै सहयोग हस्तान्तरण गर्न लागेको समाजका महासचिव मिनराज वाग्लेले जानकारी दिए ।

नबराज विकबाट

प्रतिक्रिया
सम्बन्धित