३ कार्तिक २०८३, मंगलबार

जंगली महत्वाकांक्षाका कारण पार्टीमा दुर्भाग्य निम्तियो : पोखरेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नै पार्टीका नेताहरूको तरंगित र जंगली महत्वाकांक्षाका कारण नेकपामा दुर्भाग्य निम्तिएको बताएका छन् ।

राजधानीमा आज शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै जंगली महत्वाकांक्षा पूर्ति गर्नका लागि जस्तोसुकै कदम चाल्ने दुस्साहसी मनस्थितिका कारण यो अवस्था उत्पन्न भएको बताएका हुन् ।

उनले पार्टी विभाजनको सम्पूर्ण दोष समेत ‘प्रचण्ड–नेपाल’लाई दिएका छन् । लगाएका छन् । पार्टीका बैठकहरूमा देश बनाउने कुरा, मुलुक विकासको कुरा र कोभिड–१९ नियन्त्रणबारे छलफल नभएको, बरु पावर शेयरिङमा र मन्त्रिमण्डलको विषयमा मात्रै भएको उनले दाबी गरेका छन् ।