३ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय आका‌ंक्षाबाट प्रचण्ड, माधव र झलनाथहरु टाढै छन् : केपी ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालहरुलाई राष्ट्रिय आकांक्षा के हो भन्ने बारे थार्ह नभएको बताएका छन् ।

काठमाडौंमा आज शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहका नेताहरुलाई लक्षित गर्दै भने, ‘राष्ट्रिय आकांक्षाको विषयमा ढुंगो बोल्ला तर उहाँहरू बोल्नुहुन्न ।’

अर्को सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुन्तला खानका लागि सल्लाघारीमा नजान आग्रह समेत गरेका छन् ।

‘उहाँहरूको ध्यान कुर्सीमा मात्रै छ । हाम्रो बैठकमा आएको भए पाइहाल्थ्यो नि’, ओलीले भने, ‘सुन्तला खान त सुन्तला घारीतिर जानुपर्छ सल्लाघारीतिर गएर हुँदैन ।’

पार्टीभित्र खिया लागेको दुई वटा ‘नटबल्टू’ खुस्किएपछि नेकपा थप पुनर्ताजकी भएको दाबी गर्दै ओलीले भने, ‘पार्टीलाई सुदृढ बनाएर आँधी तुफानको साथ अब काम गर्ने छौं । अब पार्टीले आफ्नो परिवारलाई नभएर जनताको पक्षमा काम गर्ने दाबी गरे ।’

प्रचण्डले केवल आफ्नो परिवारका लागि मात्रै राजनीति गरेको ओलीको आरोप छ ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व कार्यकारी अध्यक्ष दाहाललाई पार्टीको काम नगरी गुट सञ्चालन गरेर काम गर्न नदिएको आरोप लगाए । ‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो । तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई काम गर्न दिनुभयो’, ओलीले भने ।