३ कार्तिक २०८३, मंगलबार

सर्लाही दुर्घटनाबारे प्रहरीले नै अफवाह फैलायो : मन्त्री साह

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । संघीय सरकारका शहरी विकासमन्त्री प्रभु साहले आफू सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएकको घटनाबारे प्रहरीले नै अफवाह फैलाएको बताएका छन् ।

घटनाका सम्बन्धमा मन्त्री साहले सामाजिक सञ्जाल फेसबूकमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी ‘खुलेको’ भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दुःखद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ ।’

उनले लेखेका छन्, ‘आज रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाड़ीबाट झुकिएर लड़ेको व्यक्तिलाई केही पनि नभएकोले ढुक्क भएर हिडेको सामान्य विषयलाई ‘ठक्कर दिएर भागे’ भनेर मेरो बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरंजित ढंगले प्रचार गगरिएको छ ।’

यो पनि पढ्नुहोस्–