३ कार्तिक २०८३, मंगलबार

प्रचण्ड–माधवमा पद लोलुपता बढेपछि पार्टी विभाजित भएको गृहमन्त्री थापाको दाबी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टीका दोस्रो बरियतामा रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालमा प्रधानमन्त्री, पार्टी अध्यक्ष र राष्ट्रपतिको तीव्र आकांक्षा बढेपछि नेकपा विभाजनको अवस्थामा पुगेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री बादलले प्रचण्ड–माधव समूहलाई प्रतिगामी शक्तिका रुपमा टिप्पणी गरेका छन् ।

‘पार्टीमा प्रतिगामी तत्व हाबी हुँदा जटिल परिस्थितिको सामना गरिरहेका छौं । यो परिस्थिति सृजना गर्नमा प्रतिगामी शक्तिको महत्वपूर्ण भूमिका खेलेको छ । इतिहासले हरेक मोडहरुमा प्रश्न उब्ज्याएको छ’, प्रचण्ड–माधवतर्फत संकेत गर्दै बादलले भने ।

गृहमन्त्री बादलले प्रतिगामी शक्तिहरुले गुमेको सत्ता प्राप्त गर्नका लागि नेकपा विभाजन गराएको खुलासा समेत गरेका छन् ।

‘उनीहरुले राजनीतिक अस्थिरता पैदा गर्ने भन्ने रणनीति तय गरे । उनीहरुले नेकपालाई विभाजन गर्न सफल भए । नेकपाको एउटा गुट पार्टीबाट अलग भएको छ । यो विभाजनबाट उनीहरु उत्साहित भएका छन्’, नेता बादलले भने, ‘उनीहरुले नेकपाको निर्वाचित सरकार र दुई तिहाईको सरकार विभाजन भएकोमा हर्सोल्लास मनाइरहेका छन् । हामी फेरि पुरानै सत्ता फर्काउन सक्छौं भन्ने विश्वासमा लागेका छन् ।’

गृहमन्त्री थापाले राजनीतिक स्थायित्वका लागि जनतामा जाने निर्णय सही भएको बताएका छन् । उनले नेकपाकालाई विभाजन गरेर नेपालमा राजनीतिक अस्थिरता फैलाउन प्रतिक्रियावादी सफल भएको उनले बताए ।

‘राजनीतिक स्थायित्वका लागि जनतामा जाने निर्णय सही छ । पुरानो संसद होइन्, नयाँ संसद स्थापना आजको सही मार्गचित्र हो’, उनले भने, ‘केन्द्रमा कारबाही गरेर, पार्टीबाट निष्काशित गरेर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न सकिँदैन । जनताको बीचमा गएर कम्युनिस्ट आन्दोलनका अवसरवादी प्रवृतिलाई किनारा लगाउन सकिन्छ ।’

उनले सर्वोच्च अदालत र निर्वाचन आयोगबाट हुने निर्णय समेत नेकपा संस्थापनको पक्षमा हुने दाबी समेत गरेका छन् ।