काठमाडौं, १८ पुस । कारको ठक्करबाट पूर्वपश्चिम राजमार्गकोझ बारा–जितपुर खण्डमा पाटेबाघको मृत्यु भएको छ ।
जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा १६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे ठक्कर दिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिएका छन ।
जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारले बाघलाई ठक्कर दिएको थियो । कार हेटौंडाबाट सर्लाही जाँदै थियो । ठक्करबाट बाघको घटनास्थलमै मृत्यु भएको छ ।
कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको पंगेनीले बताएका छन ।











प्रतिक्रिया