बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

म्यूजिक भिडियोसहित ‘झुम्का किन्दिमकी’ सार्वजनिक (भिडियो सहित)

दैनिक नेपाल २०७७ पुष १७ गते २१:५७

काठमाडौं । कुनै पनि तवरबाट आफ्ना गीत संगीतका स्वाद एक कदम अगाडी हुनुपर्दछ भन्ने मान्यता जुनसुकै कलाकारहरुको हुने गर्दछ ।

यसै सोचको साथमा ‘झुम्का किन्दिमकि’ बोलको गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतको अडियो भिडियो निकै मेहनतका साथमा तयार गरिएको छ ।

किन कि हिजो जस्तो आज छैन, आज हरेक श्रोता तथा दर्शकहरुले गीत संगीतको स्तरीयता मुल्यांकन गर्दै श्रवन गर्ने भैसकेका छन् ।

गीतमा प्रदिप अधिकारी र रबिन लामिछानेले शब्द भरेका हुन् भने लय प्रदिप अधिकारीको नै रहेको छ । ‘झुम्का किन्दिमकि’ स्वर समिक्षा अधिकारी, प्रकाश क्षेत्री र रन्जन थापा मगरको सुन्न सकिन्छ ।

साथै यस गीतमा धुर्बराजा धिताल, कुशल बिस्वकर्मा, राजु सुनाम प्रेम राना मगर र पिम्सरा आलेको पनि स्वरमा साथ मिलेको छ ।

‘झुम्का किन्दिमकि’ बोलको गीतको म्यूजिक भिडियोमा पल शाह, जुना सुन्दास, अभिलिना खड्का, हेरुका लामा, मनोज विक शुस्मा थापा र लक्ष्मी लिमिल्सिनको अभिनय देख्न सकिन्छ । निकै तामझामको साथमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई अशंख्य श्रोता तथा दर्शकहरुको पर्खाइको बिषय बनेको थियो ।

अब सम्पूर्ण शोता तथा दर्शकहरुको प्रतिक्षाको घडी समापन भएको छ । माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका छन् भने छायांकन नवराज उप्रेती समुह र सम्पादन मनोज कार्कीले गरेका छन् । प्रस्तुत गीतको अडियो तथा भिडियोलाई प्रदिप अधिकारी नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो–

प्रतिक्रिया
सम्बन्धित