३ कार्तिक २०८३, मंगलबार

प्रधान सेनापति थापाद्वारा डा. खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीलाई दज्र्यानी ह्नि प्रदान गरिएको छ ।

शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले डा. खत्रीलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहायक रथी खत्रीलाई उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो ।

उपरथी दर्जामा पदोन्नति भएका खत्रीलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको छ ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नति भएका १ जना महा–सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।