सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा इलामको चिसोपानी पञ्चमीबजार र काठमाडौंको चोभारमा

दैनिक नेपाल २०७७ पुष १७ गते १५:०६

काठमाडौं, १७ पुस । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले इलामको चिसोपानी पञ्चमी बजार र  काठमाडौंको चोभारमा यहि पुस १५ गतेबाट १०५औं र १०६औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । पञ्चमी बजारमा सेवा संचालनका लागि स्थानीय व्यवसायी राममाया सम्बाम्फे र चोभारमा सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०६ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिब साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित