
जनकपुरधाम, १७ पुस । प्रदेश २ को नेकपा संसदीय दलका नेता सत्यनरायण मण्डलविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।
संसद् विघटनलाई समर्थन गर्दै मण्डल ओली समूहमा गएपछि १७ जना सांसदको हस्ताक्षरसहित दाहाल–नेपाल समूहले प्रदेशका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
शुक्रबार प्रचण्ड–माधव समूहले जनकपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य शत्रुधन महतोले मण्डलविरुद्ध दुई दिनअघि नै अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिए ।















प्रतिक्रिया