
काठमाडौं, १७ पुस । एक जना सांसदसहित राष्ट्रियसभाका ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज शुक्रबारदेखि शुरू हुन लागेको राष्ट्रियसभाको हिउँदे अधिवेशनअघि बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको हो ।
संसद् सचिवालयका अनुसार राष्ट्रियसभा अधिवेशनको अघिल्लो दिन बिहीबार ४१ जना सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि शुरू हुन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन् ।
सम्बन्धित शीर्षक पनि–















प्रतिक्रिया