सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

नेपाल टेलिकमले एनटि टिभी सेवा सञ्चालनमा ल्याउने

दैनिक नेपाल २०७७ पुष १६ गते १०:५२

काठमाडौं, १६ पुस । नेपाल टेलिकमले पुस १७ गतेदेखि एनटीटीभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ ।

हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको हो ।

कम्पनीको एनटीटीभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले तत्कालका लागि यो सेवा काठमाडौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, कीर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुनेछ ।

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहनु भएका ग्राहकवर्गले एनटीटीभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

एनटीटीभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट एसटीबी खरिद गर्नु गर्दछ भने ग्राहकले प्रयोग गरिरहेको ट्रेडिश्नल टिभी सेट र आधुनिक डिजिटल टिभि सेटमा एनटि टिभी हेर्न सकिन्छ ।

विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटि टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौंट गरी सेवा लिन सक्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित