शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘मिस्सिएर दुइटा खोला’मा रुपक र आयुष्माको जोडी

दैनिक नेपाल २०७७ पुष १६ गते ८:४०

काठमाडौं । वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द रहेको ‘मिस्सिएर दुइटा खोला’को म्युजिक भिडियो रिलिजको तयारीमा छ । म्युजिक भिडियोमा निर्देशक अमर ओलीले मोडल रुपकसिंह बुढाथोकी र आयुष्मा कार्कीलाई अभिनय गराएका छन् ।

ललितपुरको गोदावरीमा आइतबार छायाँकन गरिएको म्युजिक भिडियो सम्पादनमा गएको छ । वरिष्ठ गीतकार रिजालको शब्द रहेको यो गीतमा संगीत सन्तोष श्रेष्ठले दिएका छन् ।

गीतमा स्वर राज सागर र रीता केसीको रहेको छ । म्युजिक भिडियोको निर्देशन अमर ओलीले गरेका छन् । छायाँकन वीरेन्द्र भट्टले गरेका छन् ।

मोडलिङमा अभिनय शुरु गरेका रुपकसिंह बुढाथोकीले गीतबाट आफू निकै उत्साहित भएको बताएका छन् । ‘कालीप्रसाद रिजालजत्तिको वरिष्ठ गीतकारको शब्द रहेको म्युजिक भिडियोमा खेल्न पाउनु मेरो लागि भाग्यको कुरा पनि हो’, बुढाथोकीले भने, ‘मैले गीतमा सक्नेजति राम्रो काम गरेको छ । टिमको कुरा रहन्छ । हामीले सबैले आ–आफ्नो ठाउँबाट राम्रो काम गरेका छौँ ।’

दाङ जन्मिएर नेपालगञ्जमा आफ्नो कर्मथलो बनाएका बुढाथोकीले मोडलिङमा सानैदेखि रुचि राख्दै आएका थिए । उनलाई घरपरिवार र साथीहरूले कलाक्षेत्रमा लाग्नका लागि सुझाव दिँदै आएका छन् । सबैको सुझाव र सल्लाहअनुसार मोडलिङमा लागेको उनले बताए ।

निर्देशक ओलीले पनि गीतको हरेक विषयमा कुनै पनि सम्झौता नगरिएको बताए । ‘छायाँकनदेखि सम्पादनसम्म कुनै पनि सम्झाता हुनेछैन’, उनले भने, ‘गीतको शब्द र संगीतअनुसारनै म्युजिक भिडियो तयार हुनेछ ।’ म्युजिक भिडियो एक हप्ताभित्र रिलिज गर्ने तयारीका साथ सम्पादनको काम भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित