३ कार्तिक २०८३, मंगलबार

संकटपूर्ण कम्युनिष्ट आन्दोलन अघि बढाउने जिम्मेवारी युवाको काँधमा : पूर्वमन्त्री विश्वकर्मा

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् पूर्वमन्त्री जगतबहादुर सुनार विश्वकर्माले शीर्ष नेताहरुका कारण संकटमा परेको नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने अभिभारा युवाहरुको काँधमा आएको बताएका छन् ।

बुधबार पोखरा–१८ वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विश्वकर्माले पार्टीका शीर्र्ष तहका नेताहरु आत्मकेन्द्रित भएर निहीत स्वार्थमा लाग्दा नेपालको कम्युनिष्ट आन्दोलनमा संकट आउनु दुर्भाग्यपूर्ण परिस्थिति भएको बताए ।

उनले अहिले पार्टीले लिएको जनताको बुहदलीय जनबादको नीति, विचार, सिद्धान्त र मूल्य मान्यताहरुलाई आत्मसाथ गरेर नै नेपालको कम्युनिष्ट आन्दोलनले उचाई हासिल गरेकाले यसलाई नै निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य दिपक पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काम गर्न नदिने, घेराबन्दी गर्ने, असहयोग गर्ने र भएका कामहरुको पनि सकारात्मक प्रचार नगर्ने जस्ता गतिविधि बढ्दै जाँदा आजकोे दुर्भाग्यपूर्ण स्थिति सृजना भएको बताए ।