७ कार्तिक २०८३, शनिबार

नेपाल भेन्टिलेटर बैंकलाई फो पेमार्फत सहयोग रकम हस्तान्तरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोनपे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ ।

यस अभियान अन्तरगत फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइएको थियो । यसरी छुट्याइएको ५ लाख ९१ हजार ६ सय ७ रूपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइएको हो ।

सहयोग रकम एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । भेन्टिलेटर बैंकलाई सहयोग गर्नका लागि भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु गरिएको थियो ।