बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

भारतीय सुपरस्टार रजनीकान्तले उम्मेदवारी नदिने

दैनिक नेपाल २०७७ पुष १५ गते ९:५४

मुम्बई । दक्षिण भारतका सुपरस्टार एवं चर्चित अभिनेता रजनीकान्तले आफू चुनावमा उम्मेदवार नदिने बताएका छन् ।

ट्वीटरमार्फत् तमील जनताका नाममा चिठी लेख्दै उनले आफूले पार्टी पनि गठन नगर्ने स्पष्ट पारेका हुन् ।

आफ्नो स्वास्थ्य पनि ठीक नरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘यो निर्णय गर्दा मलाई दुःख लागेको छ, तर यसैमा भलाइ छ ।’

केही दिनअघि हैदराबादमा सुटिङका क्रममा उनले स्वास्थ्य बिग्रिएको थियो । उनलाई ३ दिन अस्पताल भर्ना गरिएको थियो ।

फिल्म युनिटका केही सदस्यमा कोरोना पोजेटिभ पनि पाइएको थियो । उनले मिडियाको माध्यमले आफूले चुनाव जित्न नसक्ने र मानिसको अपेक्षा पूरा गर्न नसकिने पनि बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित