शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

माछापुच्छ्रे बैंकको थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालमा

दैनिक नेपाल २०७७ पुष १४ गते २०:३६

काठमाडौं, १४ पुस । माछापुच्छ्रे बैंकले विभिन्न स्थानमा थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले भक्तपुरको सूर्यविनायक–३ बालकोट, सिराहाको नरहा–३ नरहा, महोत्तरीको एकडारा–५ कोलहुवा बगैया, मुगुको खत्याड–११ रातापानी, झापाकोे शिवसताक्षी–१० माईधारा र झापाकै कन्काई–९ घौलाडुब्बामा उक्त शाखाहरू सञ्चालनमा ल्याएको हो ।

बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

देशका विभिन्न स्थानमा ६ वटा शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा १४८ वटा पुगेको छ । ग्राहक सेवा केन्द्रको रूपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरूबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरू लगायत १४८ वटा शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३०८ स्थानबाट ग्राहक सुबिधा प्रदान गर्नाका साथै बैंकको देशभर १९८ वटा एटीएमहरूमार्फत पनि सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित