बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

आईएमई ‘भरोसा कोश’ आवेदकहरुलाई प्रदेश २ मा वितरण शुरू

कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही

दैनिक नेपाल २०७७ पुष १४ गते २०:२४

काठमाडौं, १४ पुस । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आईएमई ‘भरोसा कोश’ को रकम वितरण शुरूभएको छ ।

कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।

मंलबार प्रदेश २ को सिराहामा आयोजित एक विशेष कार्यकमकावीच आइएमईका प्रबन्धक रोशन रखाल, आईएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि अरुणकुमार भण्डारीले संयुक्त रूपमा आवेदक स्व. प्रसाद मण्डलको पत्नी मञ्जु कुमारी देवीलाई चेक हस्तान्तरण गरेका थिए ।

आईएमई–पे वालेटमार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुसमसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ ।

कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरी आईएमईले मृतकको परिवारको पीडामा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको हो ।

साथै निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केहि न केही सहयोग पुग्ने र देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुःखद निधन सम्बन्धित परिवारका लागि मात्र नभई राष्ट्र कै लागि अपुरणीय क्षति भएको छ ।

सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरणसहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित