३ कार्तिक २०८३, मंगलबार

नर्भिक अस्पतालमा ६७२ जना कोभिड संक्रमितको सफल उपचार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । नर्भिक इन्टरनेशनल हस्पिटलले हालसम्म ६७२ जना कोभिड–१९ संक्रमितको सफल उपचार गरेको बताएको छ ।

योसँगै कोभिड–१९ को संक्रमणविरुद्ध देशले थालेको लडाईमा महत्वपूर्ण योगदान गरेको अस्पतालले दाबी गरेको छ । नर्भिकले कोभिडको छुट्टै एनआइसीयू तथा फिभर क्लिनिक नै निर्माण गरी बिरामीहरुलाई स्तरीय स्वास्थ्य सेवा दिदै आएको बताएको छ ।

‘यो क्रममा कोभिड संक्रमित भएका ६७२ बिरामीले स्तरीय सेवाको साथमा नयाँ जीवन पाएका छन्’, अस्पतालले भनेको छ, ‘सम्भवतः निजी अस्पतालमध्ये नर्भिकले नै सबैभन्दा बढी संक्रमितको उपचार गरेको हो ।’

व्यावसायिक घाटाको डरलाग्दो अवस्थामा रहेको बेला समेत कोभिडको अलग्गै युनिट बनाउँदा सृजना हुने आर्थिक दायित्वलाई समेत पन्छ्याएर नर्भिकले सामाजिक उत्तरदायित्व बोध गर्दै अत्याधुनिक र स्तरीय कोभिड वार्ड तयार गरी बिरामीहरुलाई स्तरीय सेवा दिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

नर्भिकका स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान जोखिममा राखेर भए पनि ६७२ संक्रमितलाई नयाँ जीवन दिने सफलता पाएका सिंह बताउँछन् । नर्भिक अस्पतालले कोभिड शुरु भएदेखि केही दिनअघिसम्म गरी कुल ६७२ संक्रमितको सफल उपचार गरेको हो ।