बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

ग्लोबल आईएमई बैंकको एटीएम सेवा लिवाङको आर्मी व्यारेक परिसरमा

दैनिक नेपाल २०७७ पुष १४ गते १९:०३

काठमाडौं, १४ पुस । ग्लोबल आइएमई बैंकले लिवाङ्ग जिल्लास्थित आर्मी व्यारेक परिसरमा एटीएम सेवा सुरु गरेको छ ।

बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त एटीएम सेवा खड्गदल गन, लिबाङ रोल्पा का प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरे । नयाँ एटीएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २४० पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित