बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

सिटिजन्स बैंकका ग्राहकलाई होटेल साम्बालामा विशेष छूट

दैनिक नेपाल २०७७ पुष १४ गते १८:५१

काठमाडौं, १४ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल साम्बालाबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल साम्बालामा सेवा लिँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित