३ कार्तिक २०८३, मंगलबार

सिप्रदी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, टाटाका गाडी किन्दा सहुलियतपूर्ण ऋण पाइने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । नेपालको लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच व्यावसायिक सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

दुई संस्थाबीच भएको सम्झौता अनुसार टाटाका कमर्सियल गाडी किन्न चाहने व्यक्तिले अब राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि शाखामार्फत अब सहुलियतपूर्ण कर्जा पाउने छन् ।

टाटाका गाडी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सिप्रदीले जनाएको छ । सम्झौताअनुसार विना धितो न्यूनतम ब्याजमा कर्जा उपलब्ध हुने, ७० प्रतिशतसम्मको फाइनान्स सुविधा र सात दिनभित्र नै कर्जा स्वीकृति हुने छ ।

यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ को अधिनमा रहेर व्यावसायिक तथा निजी प्रयोजनका लागि गाडी खरिद गर्न सहुलियतपूर्ण कर्जा दिने छ ।

बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केिएकाका लागि युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा निर्धारण गरेको छ ।