
काठमाडौं, १४ पुस । प्रचण्ड–माधव समूहका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अन्तिमसम्म लड्ने उद्घोष गरेका छन् ।
प्रतिनिधिसभा ब्युँताउन आफूहरु निर्मम लडाईंको तयारीमा रहेकाले आफूहरुको लडाईं असफ पार्न के–के गर्न पर्ने हो तयारी गरे हुन्छ भनेर प्रचण्डले केपी ओलीलाई चुनौती समेत दिएका छन् ।
मंगलबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘संसद विघटनविरुद्ध हाम्रो संघर्ष जारी रहन्छ । अब संसद विघटन गर्ने जोकोहीलाई पनि छाड्नेबाला छैनौं, अब भोलिदेखि नै तयारी गरे हुन्छ ।’
ओली प्रतिगमनको कित्तामा र आफूहरु जनताको बीचमा पुगेकाले ओलीसँगको लडाईं आफूहरुले जितेको दाबी समेत प्रचण्डको छ ।
‘ओली प्रतिगामी भएपछि हामी जनताको बीचमा छौं । त्यसकारण हामीले हाम्रो लडाइ जितेका छौं । हामीले जनताको भावना र चाहनालाई सम्मान गर्दै अब लडाइँ जारी रहन्छ । हामी छाड्नेबाला छैनौं ।’
जनताको बीचमा पुर्याइदिएको भने प्रचण्डले ओलीलाई धन्यवाद समेत व्यक्त गरेका छन् । दुई–तीन महिनाभित्र प्रतिनिधिसभा पुनस्र्थापना गरेरै छाड्ने विश्वास प्रचण्डले नेताहरुलाई दिलाएका छन् ।















प्रतिक्रिया